आफ्नै बाबुको आगो फुक्ने ढुंग्रोले हानी हत्या

everest kitchen
सांकेतिक तस्बिर

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका-४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

५७ वर्षीय उनका बाबु सन्त कुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर घरमा पुगेपछि घरायसी विषयमा विवाद भई झगडा हुँदा कुबेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुको टाउकोमा प्रहार गरेका थिए । ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।