चर्को हवाई शुल्क बारे दुई दर्जन संस्थाद्धारा दुतावासको ध्यानाकर्षण

everest kitchen

क्वालालम्पुर । मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन भन्दै तीन गुणा बढि भाडा दर नेपाल सरकारले तोकेपछि मलेसिया स्थित दुई दर्जन संघ संस्थाद्वारा संयुक्तरुपमा मलेसिया स्थित नेपाली राजदुत उदयराज पाण्डेलाई बुझाएकाे छ ।

उक्त ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव हेमराज साप्कोटाले ध्यानाकर्षण पत्र बचान गरि राजदुत उदयराज पाण्डेलाई बुझाएका थिए ।

नेपाल सरकारले अलपत्र परेका श्रमिकको उद्धारकाे बाहानामा अत्याधिक महंगो भाडा दर असुलेर व्यापार गर्न खोजेको बारे गम्भीर ध्यानाकर्षण भएको र उक्त निर्ण फिर्ता लिएर श्रमिकहरुलाई सहज र सुलभ तरीकाले स्वदेश फर्काउन ध्यानाकर्षण पत्र मार्फत जोडदार माग गरेको छ ।

साथै राजदुत पाण्डेले पत्र ग्रहण गर्दै चार्टड गर्दा भाडा दर महंगो पर्ने भएकोले ब्याबसायीक फ्लाईट संचालन गर्न नेपाल सरकारलाई पत्रचार गरेको तर त्येस कुराको सुनुवाइ नभई नेपाल सरकारले गरेको निर्णयले श्रमिकहरु मारमा पर्ने बिकल्पको खोजीमा छौँ । सरकारले तोकेको भन्दा बाहेक २७ वटा फ्लाईट चार्टड गर्न पाउने ब्याबस्था भएकोले नेपाली दुतावास ओमनले जसरीनै सौलियत मुल्यमा प्लेन चार्टड गर्ने प्रयासमा छौँ । मलेसियाबाट नेपाल फर्कन अधिकांसले मालिन्डो एयरलाइन्सको टिकट काटेको पाईएकोले मालिन्डोसंग छलफल अघिबढाएका छौँ । यदि मालिन्डो संग सहमति भएमा सस्तोमा नेपाली नागरीक स्वदेश फर्कन पाउनेछ तर निर्णय आईसके छैन राजदुत पाण्डेले बताए ।

सस्तो भाडा दरको प्लेन चार्टड नभएमा केही दिन पर्खनुस जुलाई १ तारीख देखि ब्याबसायीक फ्लाईट संचालन हुन सक्ने सम्भाबना छ । बरु खाद्यानको समया भए दुतावास तथा संघसंस्था संग राहत मगाउनुस राजदुत पाण्डेले थपे ।

गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, जन उद्धार केन्द्र, नेपाल आदिवासी जनजाति महासंघ, नेपाली मजदुर एकता समाज, नेपाल ब्यबसायी समाज, नेपाली समाज, प्रवासी नेपाली एकता समाज, नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, किरातराई यायोक्खा, थारू सेवा समाज, नेपाल तामाङ कलाकार संघ, साहित्य चौतारी, उदाउदो तारा साहित्य समाज, नेपाली कलाकार संघ, किराँत याक्थुम चुम्लुङ, सुदिर पश्चिमेली नेपाली समाज, क्लान एसोसिएसन, पिएनसिसि, बैदेशिक रोजगार ब्यबसायी संघ र नेपाल तमु समाज लगायत २४ वटा मलेसिया मा संकृय संघसंस्थाले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएको हो । यस कार्यक्रममा विभिन्न संघसंस्थाको प्रतिनिधिहरुले समसामयिक बिषयमा आफ्नो धारणा र सुझाव पनि दिएका थिए ।

नेपाल सरकारको निर्णय अनुसार मलेसियाबाट नेपालको लागि ५२० अमेरिकि डलर (करिब ६३ हजार रुपैयाँ) भाडा निर्धारण गरेको थियो । यो भाडा दर नियमित उडानको भन्दा ३ गुणा बढि हो ।