मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे

everest kitchen

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर घटाएको हो ।

सरकारले यसअघि आफुखुसि भाडा नउठाउन भन्दै आफै भाडादर तोकेको थियो । सरकारले तोकेको भाडादरमा अन्य अवस्थाको भन्दा करिब तीन गुणा बढी चर्को हवाई शुल्क तोकेको थियो । यधपी पछिल्लो पटक कायम गरेको भाडादरलाई हेर्ने हो भनेपनि अझै तीन गुणानै कायम रहेको जानकारहरु बताउँछन् ।

यसअघि सरकारले स्वदेश हाललाई फर्कि हाल्नुपर्नेमा सबैभन्दा धेरै नेपाली रहेको मलेसियामा ५२० डलर तोकेकोमा घटाएर ४६५ डलर तोकेकाे छ ।

त्यस्तै अन्य देशहरूमा :दमाम (साउदीअरब) ५९० डलरबाट ५३० डलर, रियाद (साउदीअरब) ६३० डलरबाट ५६५ डलर,जेद्दाह (साउदीअरब) ७७० डलरबाट ६९० डलर तोकेको छ ।

यस्तै दुबई ५०० डलरबाट ४५० डलर, आवुधाबी (यूएई) ५०० डलरबाट ४५० डलर , सारजाह (यूएई) ५०० डलरबाट ४५० डलर , दोहा (कतार) ५४५ डलरबाट ४९० डलर , ओमन ५१० डलरबाट ४६० डलर, बहराइन ५४५ डलरबाट ४९० डलर र कुवेत ५७० डलरबाट ५१० डलर कायम गरिएको छ ।

साथै अन्य देशहरूमा पनि ४५ डलर देखि ८० डलरको बिचमा भाडादर पुनः समायोजन गरिएको छ ।

सरकारले स्वदेश फर्कने भाडामा केहि हेरफेर गरेपनि केहि सहुलियतको महशुस गर्ने वातावरण भने नभएको श्रमिकको गुनासो रहेको छ । यसअघि तोकिएको भाडा तीन गुना भन्दा बढि रहेको र हाल समायोजन गर्दा पनि करिब तीन गुनामै कायम रहेकोले विदेशमा बस्ने नेपालीहरुले अझै सन्तोष गर्ने वातावरण नभएको बताएका छन ।