सहयोगी नेपालको फेरि ४ सय ५० मजदुर परिवारलाई सहयोग

everest kitchen


ललितपुर । नेपालमा जारी करिब ३ महिना लामो लकडाउनको चपेटामा परेर खाद्यान्न अभाव भएका दैनिक ज्यालादारी मजदुरहरुलाई सहयोगी नेपालले फेरि पनि सहयोग गरेको छ । सहयोगी नेपाल नामक उक्त संस्थाले यसअघि पनि ६ सय घर परिवारलाई सहयोग गरेको थियो ।

ललितपुर, उपमहानगरपालिका ,भैसेपाटी स्थित वडा नं.१८ मा शुक्रबार संस्थाले ४ सय ५० दैनिक ज्यालादारी मजदुरहरुलाइ खाद्यान्न राहत बितरण गरेको सहयोगी नेपालका अध्यक्ष इश्वरी ढकालले जानकारी दिए । ।
अध्यक्ष ढकालका अनुसार ललितपुर उपमहानगरपालिका १८ का वडा कार्यालयको समन्वयमा संस्थाले राहत उपलब्ध गराएको हो ।

स्थापनाको छोटो समयमै संस्थाले राम्रो प्रयास गरेको भन्दै राहत वितरण कार्यक्रममा समन्वयकारि भुमिकामा रहेका वडा नम्बर १८ का वडाअध्यक्ष पुरुषोत्तम खड्काले संस्थालाई धन्यवाद दिदै खुसि व्यक्त गरेका थिए ।

संस्थाका कोषाअध्यक्ष गोपाल ओझाका अनुसार संस्थाको उद्देश्य बृद्ध अबश्थाका मानिस तथा बालबालिकाको उत्थान गर्ने रहेको भएपनि अहिलेको बिषम परिस्थितिमा समस्यमा रहेका केहि मजदुरलाई सहयोग गरेको बताए ।