नयाँ नक्सा सहितको संशोधन प्रस्ताव सर्वसम्मत पारित

everest kitchen

काठमाडौं । प्रतिनिधिसभाले सर्वसम्मत रुपमा लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सालाई अनुमोदन गरेको छ ।

शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा उपस्थित २५८ सांसद सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिदै सर्वसहमतिले विधेयक पास गरेका हुन ।

उक्त संशोधन विधेयकमा पनि संशोधन गर्नुपर्ने भन्दै विरोध जनाउदै समाजवादी पार्टीकी सांसद सरिता गिरिले दर्ता गरेको संशोधन प्रस्ताव सभामुखले खारेज गरिदिएपछि सांसद गीरी सभाबाट बाहिरीएकी थिईन ।