नयाँ नक्सा र निशान छाप सम्बन्धमा आदिवासि जनजाति महासंघ मलेसियाकाे धन्यवाद ज्ञापन

everest kitchen

क्वालालम्पुर । नयाँ नक्सासहितको निशान छाप संशोधन सम्बन्धमा आदिवासि जनजाति महासंघ मलेसियाकाे धन्यवाद ज्ञापन गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ ” इश्वी संवत १८१५ डिसेम्बर २ तारिकका नेपाल सरकार र तात्कालिन भारतमा शासन गरिरहेको इस्ट इन्डिया कम्पनी बिच भएको सुगौली सन्धी अनुसारको नेपालको नक्सा अनुसारको जमिन नेपालले ढिलै भएपनि फिर्ता गराउने अभियान स्वरुप आज प्रतिनिधि सभाबाट नेपालको आधिकारीक नक्सा र निशान छाप सर्वसम्मतले पारित गरेकोमा नेपाल सरकार र यस कार्यका अभियान्तालाई धन्यवाद दिदै सम्पूर्ण नेपालीलाई बधाई पनि दिन चाहान्छौं ।

त्यस्तै महासंघले कालापानी , लिम्पियाधुरा , लिपुलेक लगायतको भूमि फिर्ता हुन र त्यहाँका बासिन्दाले नेपाली हौं भनि गर्वगर्न सक्ने वातावरण पनि चाडै बन्नेछ भन्ने विश्वास लिएकाे बताएको छ ।