हवाई भाडा फेरि घट्याे, मलेसियामा अब आरएम १६ सय मात्र

everest kitchen

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । यसअघि घटाएको भाडादर बारे पनि चौतर्फी विरोध भएपछि श्रमगण्तव्य मुलुकमा ९० देखि १०० डलरसम्म पुनः भाडादर घटाएको हो ।

सरकारले पछिल्लोपटक भने श्रमगण्तव्य मुलुकका लागि मात्रै भाडा घटाएको हो । सरकारले तेस्रोपटक मलेसियामा ४६५ डलर तोकेकोमा घटाएर ३७२ डलर तोकेकाे छ ।

त्यसैगरी कतारको दोहाब ४९० डलरबाट ३९२ डलर, युएईको दुबई ४५० डलरबाट ३६० डलर ,साउदीको दमाम ५३० बाट ४३०, साउदीको रियाद ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ ।

यस्तै ओमान ४६० डलरबाट ३६८ डलर, बहराइन ४९० डलरबाट ३९२ डलर , कुवेत ५१० डलरबाट ४१० डलर, जोर्डन ७७५ डलरबाट ६७५ र साइप्र ८३० डलरबाट ७३० डलर कायम गरिएको छ ।