लकडाउनमा यार्सागुम्बा संकलन गर्ने ९ जना नियन्त्रणमा

everest kitchen
photo file

बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा छविसपाथिभेरा गाउँपालिका-७ बुडखोरी बस्ने ४० वर्षीय जोगिरी धामी, सोही ठाउँ बस्ने विकास धामी, २३ वर्षीय गोबिन्द धामी, २२ वर्षीय बिरेन्द्र धामी, हिमाल धामी, सुर्मा गाउँपालिका-५ सैनगाउँ बस्ने २५ वर्षीय जनक जेठारा, २९ वर्षीय बल बहादुर जेठारा, ३९ वर्षीय दान बहादुर लकण्डी र २१ वर्षीय बैरागी लकण्डी रहेका छन् ।

साईपाल गाउँपालिकामा संकलन गरिने यार्सागुम्बा डिभिजन वन कार्यालय बझाङ र सम्बन्धीत स्थानीय तहहरुबाट रोक लगाइएकोमा उनीहरुले अनुमती नलिई यार्सागुम्बा संकलन गर्न गएको अवस्थामा प्रहरी चौकी दौलीचौर र भुग्तोली सामुदायिक वनका पदाधिकारी समेतको टोलीले फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिहरुलाई बरामद यार्सागुम्बा सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बझाङ पठाइएको छ ।

कोरोना प्रकोपलाई मध्यनजर गरेर सरकारले यो बर्ष यार्सागुम्बा सङकलनमा रोक लगाएको छ । यधपी यार्सागुम्बा सङकलन गर्न पाउनुपर्ने भन्दै यार्सामा निरभर स्थानीयले माग गर्दै आएका छन ।