जुवाको खालबाट ३ लाखबढी नगदसहित १२ जना पक्राउ

everest kitchen
photo file

कास्की ।  पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अन्जना गुरुङको डेरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ७ जना पुरुष र ५ जना महिला गरी १२ जनालाई उक्त नगद र तास सहित फेला पारी पक्राउ गरेको प्रहरिलेे जनााएको छ ।