आज मलेसियामा ८ जना नयाँ बिरामी, एकजनाको मृत्यु

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय २१ पुगेकाे छ । आज आइतबार पनि थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय २१ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ८ हजार ४५३ जनामा संक्रमण देखिएकाेमा ७ हजार ३४६ जनाले स्वास्थ्य लाभ गरेका छन । आइतबार थप ८ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ८० जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेकाे पुष्टि भएको छ । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ३२ हजार ७३९ रहेकाे छ भने संक्रमितको सङ्ख्या ७८ लाख ८९ हजार ८१८ जनामा संक्रमण रहेकाे छ । ४० लाख ५१ हजार ९०९ जनाले स्वास्थ्य लाभ गरेका छन ।