मलेसियाबाट हुने चार्टर उडानहरुको मिति परिवर्तन

everest kitchen

क्वालालम्पुर । मलेसियाका  लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाबाट स्वदेश फर्कन पहिलो प्राथमिकता परेका नेपालीहरु ल्याउने यसअघि तय भएका चार्टर उडान र भाडादर बारे केहि फेरबदल भएको बताएको छ ।

दुतावासका अनुसार ४६५ बाट पनि घटाएर ३७२ अमेरिकी डलर अर्थात मलेसियन १५९० रिङगेट तिरेर सम्बन्धित एयरलाइन्सको काउन्टरबाट टिकट खरिद गर्नुपर्ने बताएको छ ।

त्यस्तै १५ जुनमा हुने भनिएको नेपाल एयरलाइन्सको उडान १६ र २० जुनमा हुने बताएको छ । नेपाल एयरलाइन्सको चार्टर उडानको लागि नेपाल स्थित न्युरोड बिक्री शाखा ( ०० ९ ७७१४२४८६१४) र मलेसिया स्थित एयरलाइन्सका ट्राभल ऐजेन्सिहरुबाट टिकट खरिद गर्न सकिने उल्लेख गरेको छ ।

त्यस्तै हिमालय एयरलाईन्सको १८ र १९ जुनमा हुने भनिएको उडान १८ र २१ जुनमा दुतावासले उल्लेख गरेको छ । उक्त  चार्टर उडानको लागि क्वालालम्पुरस्थित हिमालयन एयरलाईन्सको काउण्टर फोनः ००६०११३७१८९२५२ मा सम्पर्क गरेर टिकट खरिद गर्न सकिनेछ ।

नेपाल फर्कन पहिलो प्राथमिकतामा परेकाले मात्रै टिकट खरिद गर्न पाउनेछन् ।प्राथमिकतामा आफ्नो नाम परेको छ वा छैन भनेर हेर्न दुतावासको साईट www.mofa.gov.np  र दुतावासको आधिकारिक फेसबुक पेजबाट हेर्न सकिनेछ ।

नेपाल फर्निनेले अनिवार्य कोराेना परिक्षण रिपोर्ट साथमा राख्नुपर्ने दुतावासले जानकारी दिएको छ ।