कलाकार सुशांत सिंह : आत्महत्या र डिप्रेसन

everest kitchen


काठमाडौं । बलिउडमा “कोईपोचे’बाट डेब्यु गरेका सुशान्तले ‘केदारनाथ’ ‘छिछोरे’, ‘एम.एस धोनी”, लगायत अन्य थुप्रै फिल्ममा अभिनय गरेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

विश्वव्यापी कोरोना महामारीको कारण धेरै देशहरूमा लकडाउन भएको अवस्थामा भारतमा पनि जारी गरिएको लकडाउन यता घरमा एक्लै रहेका राजपुतले आत्महत्या गरेका हुन । यधपी उनको आत्महत्याको कारण बारे भने खुलेको छैन । उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार रहेको बताएको छ ।

पछिल्लोपटक कोरोना महामारीको समयमै विश्वभर आत्महत्या गर्नेहरु बढिरहेको बेला नेपालमा पनि केहि दिन अघि सार्वजनिक एक तथ्यांकले करि एक हजार एक सय बढीले आत्महत्या गरेको देखाएको थियो । त्यस्तै विदेशमा पनि थुप्रै नेपालीले आत्महत्या गरेका छन ।

आत्महत्या र डिप्रेसन

भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या को खबर पनि एउटा डिप्रेसनको भागसंग जोडिएको छ । उनी केहि समय देखि डिप्रेसनको सिकार भएको बताईन्छ । उनलेे केहि टिभी अन्तर्वार्तामा आफुले प्राप्त गरेको सफलता आमालाई सुनाउन ,देखाउन नपाएको प्रति निकै चिन्तित हुने गरेको बताएका थिए । जसको कारण उनले सफलतामा पनि डिप्रेसन झेलेको देखिन्छ ।

आत्महत्या समस्या समाधान होइन भनेर धेरैले भन्ने गर्छन् र स्वीकार छन् पनि । सत्य पनि हो । तर पनि आत्महत्या गर्नेहरुको कमि भने कहिलै भएन । केहि क्षणभरकै निर्णयले मानिसले आफ्नो ज्यान लिन्छन् ।

आजभोलिको भागदौड जिन्दगीमा हामी दिनभर व्यस्त नै रहन्छाैं । व्यस्त रहनु राम्रो पनि हो, तर व्यस्तताका कारण हामी आफ्नै लागि समय निकाल्न सक्दैनौं । यसको असर हामीमा कतै न कतै परेको हुन्छ । आफ्नो लागि समय निकाल्न नसक्दा हामी फ्रेस हुन सक्दैनौं । दिनभर हाम्रो मष्तिकमा केही न केही चलिरहेकै हुन्छ, जसको परिणाम एक दिन मानसिक बिमारीको रूपमा परिणत हुन्छ । यसलाई नै डिप्रेसन भनिन्छ ।

भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यासंग जोडेर मनोविश्लेषक वासु आर्चायाले भन्छन् ” डिप्रेशन मनोरोग हुनेहरुको लागि आत्महत्याको थप गलत प्रेरणा मिल्न सक्छ, त्यसैले परिवारले पीडितलाई बिशेष ध्यान दिनुहोला, एक्लै नछोड्नुहोस्, अत्याधिक माया दिनुहोस्, मनोचित्किसक मनोविश्लेषक सँग नियमित संपर्कमा राख्नुहोस् ।

साथै उनले चिन्ता (Anxiety) पीडितलाई ‘म पनि कतै आत्महत्या गर्छु कि!’ भन्ने कुराको झनै डर लाग्न सक्छ, आत्महत्या गर्छु कि भनेर डराउनेहरुले आत्महत्या गर्न गर्दैन, डराएको चिन्ता (Anxiety) मात्र हो, डराउन जरुरी नभएको सुझाव दिएका छन ।