अवैध रुपमा लैजाँदै गरेको काठ सहित ट्रयाक्टर पक्राउ

everest kitchen

झापा ।  भद्रपुर नगरपालिका-२ बस्ने  मे.१ त २७०४ नम्बरको ट्रयाक्टर चालक २२ वर्षीय प्रकाश बिकलाई अवैध रुपमा लैजाँदै गरेको सिसउ जातको ४७.४४ क्यु फिट काठ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका- ३ ज्ञानेचोकमा उक्त ट्याक्टरमा लोड गरी लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त काठ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठ र ट्याक्टर सहित चालकलाई कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय भद्रपुर झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।