सबै खाले निजी सवारी पास खारेज

everest kitchen


काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न अनुमति दिएसँगै सवारी पासले जोर विजोर नम्बरको कार्यान्वयनमा समस्या भएपछि यस्तो निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विशेष गरि उपत्यकामा सवारी पासको आधारमा जोर विजोर प्रणाली व्यवस्थापनमा समस्या भएपछि यस्तो निर्णय गरेको बताएको छ ।