प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

everest kitchen

काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३ अर्ब ५६ करोड ९ लाखको बजेट प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि यसअघि ल्याएको बजेटभन्दा ५ अर्ब कमरहेको छ चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्व ७२ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको थियो।

प्रदेश सरकारकाे आगामी आर्थिक वर्षका लागि कुल बजेट मध्ये चालू खर्चतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूँजीगत खर्च तर्फ १७ अर्ब ९७ करोड ८२ लाख र वित्तीय व्यवस्था तर्फ १६ करोडको बजेट छुट्याइएको छ।

बजेटमा सबैभन्दा बढी संघिय सरकारको तर्फबाट अनुदान १३ अर्ब ४० करोड ५९ लाख, आन्तरिक राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, र चालु आर्थिक बर्षको नगद मौज्दातबाट ६ अर्ब ९१ करोड २२ लाख २९ हजार व्यवस्थापन गर्ने उल्लेख गरेको छ ।