चिनियाँ र भारतीय बिच गल्वान भ्यालीमा झडप हुदा तीन भारतीय सेनाको मृत्यु

everest kitchen


ऐजेन्सि । चीन- भारत सिमा लद्दाखमा चिनियाँ र भारतीय सुरक्षाकर्मी बिच झडप हुदा कमाण्डर सहित तीन भारतीयको मृत्यु भएको खबर रहेको छ ।

चीन-भारत सिमा लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

सोमबारराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनाव हिंसात्मक झडप रुपमा परिणत हुदा केही भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएका हुन ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको उल्लेख गरिएको छ ।

उक्त क्षेत्रमा केहि समय देखि दुबैपक्ष बिच झडप भैरहेका छन ।