मलेसियामा आज एकैदिन सबैभन्दा बढि बिरामि निकाेभए

everest kitchen
photo file

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ११ जना रहेकाे छ ।

मंगलबार मलेसियामा सबैभन्दा धेरै संक्रमित निको भएका छन । मंगलबारमात्रै ३३३ जना एकैपटक डिस्चार्ज भएका हुन ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५०५ जनामा संक्रमण रहेकाेमा ७ हजार ७३३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ३९ हजार ५५४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ८१ लाख ३६ हजार १८३ जनामा संक्रमण रहेकाे छ । ४२ लाख ४८ हजार १२८ जनाले स्वास्थ्य लाभ गरेका छन ।