१० लाख बराबरको समान चोरी गर्ने समानसहित पक्राउ

everest kitchen

मकवानपुर, । बकैया गाउँपालिका-५ भनौराबाट सोही ठाउँ बस्ने १९ वर्षीय दिपेश देउजालाई चोरी भएको सामान सहित जेठ ३१ गते प्रहरीले पक्राउ गरेको छ ।

बकैया गाउँपालिका-४ जुरेली बस्ने होमनाथ फुयाँलको फुयाँल किराना पसल र सप्लायर्सबाट बैशाख २६ गते रिचार्ज कार्ड, चुरोट, शिलप्याक मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवल लगायत गरी १२ लाख १० हजार ३ सय ४० रुपैयाँ बराबरको समान चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी भएको उक्त सामानहरू सहित प्रहरी चौकी हात्तिसुढेबाट खटिएको प्रहरीले देउजालाई पक्राउ गरेको प्रहरिलेे जनााएको छ   ।