२५ दिन क्वारेन्टाइनमा बसेपछि आत्महत्या गरे देवबहादुरले

everest kitchen

काठमाडौ । अर्घाखाँचीको शितगंगा नगरपालिको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन । भारतबाट आइ उक्त क्वारेन्टाइनमन बसेका ४४ वर्षीया देवबहादुर विकले आत्महत्या गरेका हुन ।

जेठ २४ आरडीटी रिपोर्ट पोजेटिभ आएका अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका सोही गाउँपालिकाका ४४ वर्षीय देवबहादुर विकले गएराति झुन्डिएर आत्महत्या गरेको वडा नम्बर ५ का वडा अध्यक्ष कमल पौडेलले बताए ।

विक एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेका हुन ।

२५ दिन अघि भारतबाट आएका उनको पीसीआर परिक्षणको लागि १० दिन अघि स्वाब संकलन गरिएपनि रिपोर्ट आउन ढिलाइ भएको थियो ।