कुवेतबाट चौथोपटक १५० महिला कामदार स्वदेश फर्किए

everest kitchen

काठमाडौं । कुवेतबाट १५० महिला आज पनि स्वदेश फर्केका छन् । उनीहरू जजिरा एयरवेजको चार्टर्ड उडानबाट बुधबार बिहान काठमाडौं आइपुगेका हुन ।

यसअघि पनि ३ वटा जजिरा एयरवेजको चार्टर्ड उडानबाट महिला कामदारहरु स्वदेश फर्कि सकेका छन । उनीहरुलाई कुवेत सरकारले नि:शुल्क आफ्नै खर्चमा नेपाल फर्काएको हो ।

कुवेत सरकारले आफ्नै खर्चमा करिब १२ सय नेपालीहरुलाई स्वदेश फर्काउदै छ । जसको लागि
अझै चारओटाउडान हुने जजिरा एयरको नेपालस्थित जनरल सेल्स एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले जानकारी दिए।