आज मलेसियाबाट पहिलो चार्टर उडान, १ सय ५२ जना नेपाली स्वदेश फर्किदै

everest kitchen

क्वालालम्पुर । आज मलेसियाबाट पहिलो चार्टर उडान मार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन ।

मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब ७ हजार नेपालीमध्ये आज हिमालय एयरलाइन्सबाट १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका हुन ।

मलेसियाका लागि हिमाल एयरलाइन्स कन्ट्रिम्यानेजर सुनिल दाहालका अनुसार १ सय ५२ जना नेपालीले प्रस्थान गरेको (चेकइन) गरेको र उनीहरूसबैको अध्यागमन जाँचमा डकुमेन्ट मलेर सबै स्वदेश फर्कन पाए भने १ सय ५२ नेपाली क्वालालम्पुर विमान स्थल मलेसियाबाट काठमाडौं आउने उनलेे बताए ।

मलेसियाबाट जुन १८ तारिखमा हिमालय एयरलाइन्स , जुन २० तारिखमा नेपाल एयरलाइन्स र जुन २१ तारिखमा पुनः हिमालय एयरलाइन्सले चार्टर उडान गर्दैछन् । सो तालिकाअनुसार बिहीबार १ सष ५२ जना नेपाल फर्कन लागेका हुन ।

आज स्वदेश फर्कने नेपालीले सरकारले तोकेअनुसारकाे आरएम १५ सय ९० हवाई भाडा तिरेर स्वदेश फर्कन लागेका हुन ।

फोटो सौजन्य: रमेश ओली