कोरोना रुघाखोकी जस्तै हो हाघ्छयुँ गर्ने तातोपानी खाने उडाउनुपर्छ :प्रधानमन्त्री ओली

everest kitchen


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सामान्य रुघाखोकी जस्तै भएको बताएका छन ।
बिहिवार राष्ट्रिय सभामा बोल्दै यस्तो बताएका हुन ।

सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने” कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’ उनले काेराेनालाई जित्न उच्च मनोबल राख्नुपर्ने बताएका हुन ।

प्रधानमन्त्री ओलीले नेपालीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि बढी भएको बताउँदै आएका छन्।