जबर्जस्ती यौनसम्बन्ध राखेर फरार राम प्रसाद हुमागाई पक्राउ

everest kitchen

मकवानपुर । जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी हेटौंडा उपमहानगरपालिका-११ डाङडुङे बस्ने ६० वर्षीय राम प्रसाद हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

हुमागाईले ३२ वर्षीया महिलालाई गत जेठ २४ गते ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार भएका थिए ।

हुमागाई उपर जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।