डकुमेन्ट अपुग हुदा ३९ जना नेपाली मलेसिया एयरपोर्टमै रोकिए

everest kitchen
photo :Ramesh oli

काठमाडौ । काेराेना कहर पछि मलेसियाबाट पहिलाे पटक चार्टर फ्लाईट हिमालयन एयरलाईन्सबाट बिहिवार ११७ जना नेपाली स्वदेश फर्केका छन् भने  ३९ जना नेपाली डकुमेन्ट नमिलेपछि मलेसियन एयरपाेर्टमै राेकिएका हुन ।

उनीहरूलाई कम्पनीले अध्यागमन बिभागबाट लिनुपर्ने चेकआउट मेमो ( कम्पनीसंगको करार अवधि सकेर स्वदेश फर्कदा अनिवार्य लिनुपर्ने कार्यअनुमती रद्द प्रक्रिया ) नलिएपछि मलेसियामा रोकिएका स्रोतले बताएको छ ।

अहिले मलेसियाकाे अध्यागमन विभागकाे नियम अनुसार कि त चेक आउट मेमाे गरेकाे कागज हुनुपर्छ कि त कम्पनिबाट छुट्टिमा जान लागेकाे डकुमेन्ट देखाउनुपर्छ ।
तर, आज पहिलाे पटक हुन लागेकाे उडानमा कम्पनिकाे व्यबस्थापनलाई याे नियम थाहा नभएकाेले जान राेकिएकाे हाे ।

एयरपाेर्ट पुगेर पनि प्लेन चढ्न नपाएका एक नेपाली किशाेर कार्किले आफुहरूलाई कम्पनिले चेक आउट मेमाे नगरिदिएकाले फर्काएकाे र अब आउने फ्लाईटमा सोहि टिकेटमा जान पाईन्छ कि पाईदैन थाहा नभएकाे बताएका छन् ।

यस‌ बारे कम्पनीलाई बारम्बार बताए पनि कम्पनीको व्यवास्ताको कारण श्रमिकले दु:ख पाएकोले अब उनीहरू फेरि पनि कम्पनीले व्यवस्थापन गरेर स्वदेश फर्काउने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले हिमाल टाइम्ससंग बताएका छन ।