एकैदिन कतारबाट २० वटा शव नेपाल ल्याईयो

everest kitchen
photo file

काठमाडौं । विदेशमा अलपत्र नेपाली शवहरु नेपाल आउने क्रम सुरु भएको छ । नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका हुन ।

लकडाउन अघि र लकडाउनको बीचमा विदेशमा मृत्यु भएका नेपालीहरुको शव लामो समय देखि विदेशमै रोकिएका थिए भने केहि उतै अन्तिम संस्कार गरिएको थियो ।

लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका शव पनि ल्याउन थालिएको बैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव आएका छन् भने कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ।

कोरोना संक्रमित शवहरु यसअघिनै सम्बन्धित देशहरुमा आफन्तको सहमति लियर अनणतिम संस्कार गरिने बोर्डले यसअघि जानकारी दिएको थियो ।

विदेशमा मृत्युु भएका शवहरु सम्बन्धित कम्पनीले नै प्रक्रिया पुरा गरि स्वदेश फर्काउनु पर्छ भने केहि अबैधानिक वा कम्पनीले जिम्मेवारी नलिएका समस्यामा रहेका शवहरु बोर्डले नेपाल झिकाउदै आएको छ ।