कोरोना प्रकोप : मलेसियामा शुक्रबार नयाँ संक्रमित ६ जना मात्रै

everest kitchen
क्वालालम्पुर स्थित केहि स्थानमा सुरक्षा सतर्कता

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५३५ जनामा संक्रमण रहेकाेमा ८ हजार ७० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ५६ हजार ७९१ रहेकाे छ भने संक्रमितको सङ्ख्या ८६ लाख २ हजार २९ जनामा संक्रमण रहेकाे छ । ४५ लाख ५२हजार २५३ जनाले स्वास्थ्य लाभ गरेका छन ।