ललितपुरमा १५ वर्षीया किशोरीसंग जबर्जस्ती यौनसम्बन्ध राख्ने श्रेष्ठ पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

ललितपुर । १५ वर्षीया कोशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका ३६ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार श्रेष्ठले ती कोशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।