नेपालीसंग विवाह गरेको सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

everest kitchen
photo : surya thapa facebook

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।

शनिबारको नेकपा सचिवालय बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयोकाे र वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएकाे सात बर्ष पूरा भएकाे र सम्बन्धित देशकाे नागरिकता परित्यागकाे प्रक्रिया अारम्भ गरेकाे प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय भएको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

त्यस्तै विदेशी नागरिक नेपालीसंग बिहे गरेको दिनदेखिनै सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको लागि आवासीय परिचयपत्र दिने पनि बैठकले निर्णय गरेको बताएको छ ।