जुवाको खालबाट झण्डै ९ लाख नगदसहित ७ जना पक्राउ

everest kitchen
photo file

कैलाली । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ठुलोमात्रामा नगदसहित ७जनालाई पक्राउ परेका छन ।

घोडाघोडी नगरपालिका-१ बस्ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई नगद ८ लाख ९३ हजार ५० रुपैयाँ, मोबाइल ७ थान र तास १ गड्डी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

थापाको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान र ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।