मलेसियाबाट शनिबार थप २४३ जना स्वदेश फर्किए, १२ जना एयरपोर्टमै रोकिए

everest kitchen


काठमाडौं । काेराेना कहर पछि मलेसियाबाट दोस्रोपटक नेपालीहरु स्वदेश फर्किएका छन। शनिबार नेपाल एयरलाइन्सको चार्टर उडानबाट २४३ जना नेपालीहरु स्वदेश फर्केका हुन ।

शनिबार तय भएको नेपाल एयरलाइन्सको चार्टर उडानको लागि २५५ जनाले टिकेट बुकिङ गरेकोमा २४३ जना मात्रै स्वदेश फर्केको नेपाली राजदुतावास मलेसिया स्राेतले जानकारी दिएको छ ।

स्रोतका अनुसार ९ जना नेपालीको अध्यागमन बिभागले तोकेको कागजात नपुगेपछि एयरपोर्टमानै रोकिएका थिए । बाँकी तीन जना भने एयरपोर्टमा नपुगेको बताएको छ ।

यसअघि गएको जुन १८ तारिखमा हिमालय एयरलाइन्सबाट नेपाल फर्कन लागेका १५२ जनामध्ये ११७ जना मात्रै नेपाल आएका थिए भने बाँकीको कागजातकै समस्याले रोकिएका थिए ।

मलेसियामाबाट पहिलो प्राथमिकतामा परेका करिब ७ हजारबढि नेपाली रहेका छन भने पहिलो चरणमा मा जुन १८,२० र २१ तारिखमा चार्टर उडान तय भएको छ ।

फोटो : सुर्य खालिङ