१७ वर्षीया मृगौला पीडित सवितालाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालको आर्थिक सहयोग

everest kitchen
सहयोग हस्तान्तरण गर्दै संस्थाका पदाधिकारीहरु

काठमाडौ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले १७ वर्षीया एक मृगौला पीडित किशोरीलाई आर्थिक सहयोग गरेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं . १ , राकाथुम गोठपानी निवासी हरिनारायण श्रेष्ठकी छोरी कक्षा १० मा अध्ययनरत छात्रा सविता श्रेष्ठलाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालले ५६ हजार ४६१ रुपैयाँ सहयोग गरेको संस्थाका महासचिव चक्रबहादुर लामाले जानकारी दिए । संस्थाका  बरिस्ठ सल्लाहकार  बिष्णु कुमार घिसिङ्ग तथा संस्थाका अन्य  सक्रिय युुवाहरु हस्पिटल मै पुगेर पीडितको बुवालाई उक्त रकम हस्तान्तरण गरेको उनलेे बताए ।

सविताको दुवै मृगौला फेल भई हाल काठमाडौंको कलंकी स्थित नेपाल नेशनल अस्पतालमा उपचाररत छिन । सानै उमेरमा मृगौला पीडित सविताको घरको आर्थिक अवस्था कम्जोर भएको र थप उपचारको लागि समस्या भएपछि संस्थाको पहलमा सहयोग संकलनको अभियान चलाएको महासचिव लामाले बताए  ।

महासचिव लामाका अनुसार  वि.स. २०६९ सालमा स्थापित उक्त संस्थाले विगत देखिनै सहयोग र सामाजिक कामहरु गर्दै आएको र आगामी दिनमा पनि सहयोग गरि राख्ने उनले बताए ।

सहयोगी हातहरु: