कोरोना संक्रमित आउने भन्दै धारामा करेन्ट लगाएपछि एक महिलाको मृत्यु

everest kitchen
    photo :file

डोटी । डोटीमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको हो ।

भारतबाट आएका कोरोना संक्रमित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको खुलेको छ। स्थानीय मानबहादुर बाघकी २६ वर्षीय श्रीमती तुल्सी धारामा नुहाउन गएको बेला करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए ।

घटना सम्बन्ध किमाडीले आफुले कोरोना संक्रमित पनि आउने भनेर करेन्ट छोडेको भनेर स्वीकार गरि सकेको बताएको छ । थप अनुसन्धानकाे लागि किमाडीलाइ ईलाका प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।