मलेसियाबाट आइतबार १५८ जना नेपाली स्वदेश फर्कदै

everest kitchen


क्वालालम्पुर । आज मलेसियाबाट  तेस्रो चार्टर उडान मार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन ।

मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब ७ हजार नेपालीमध्ये आज आइतबार हिमालय एयरलाइन्सबाट १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका हुन ।

हिमालय एयरलाइन्स स्रोतका अनुसार १ सय ५८ जना नेपालीले प्रस्थान (चेकइन) गरेको र उनीहरूसबैको अध्यागमन विभागले तोकेको कागजात मिलेकाले १ सय ५८ जना नेपाली क्वालालम्पुर विमान स्थल मलेसियाबाट काठमाडौं आउने छन् ।

यसअघिका दुई चार्टर उडान मा करिब ५० जना नेपाली अध्यागमन विभागको कागजात नपुग्दा मलेसियामा रोकिएका थिए ।

मलेसियाबाट जुन १८ तारिखमा हिमालय एयरलाइन्स , जुन २० तारिखमा नेपाल एयरलाइन्स र जुन २१ तारिखमा पुनः हिमालय एयरलाइन्सले चार्टर उडानको समयतालिका तय भए अनुसार आइतबार हिमालय एयरलाइन्सबाट १ सय ५८ जना नेपाल फर्कन लागेका हुन ।

मलेसियाबाट स्वदेश फर्कने नेपालीले सरकारले तोकेअनुसारकाे आरएम १५ सय ९० हवाई भाडा तिरेर स्वदेश फर्कन लागेका हुन ।

फोटो : रन बहादुर गुरुङ