नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव समितिबाट पारित

everest kitchen
फोटो : फाईल

काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् ।

संशोधन प्रस्तावमा काङ्ग्रेस लगायतका प्रतिपक्षदलहरुका सांसदहरूले असहमति जनाएका थिए । उक्त प्रस्तावमा काङ्ग्रेसले फरक मत राखेको थियो भने राजपा, समाजवादीले पनि यसको विरोध गरेका थिए ।

विधेयकमा अंगीकृत नागरिकता नपाउञ्जेल विदेशी महिलालाई स्थायी बसोबास अनुमति पत्र दिने र यसले राजनीतिक र सरकारी नियुक्ति जागिरबाहेकका विभिन्न ७ वटा अधिकारको व्यवस्था गरेको छ ।