मलेसियामा ९५ प्रतिशत कोरोनाका बिरामी निको भए

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार १७७ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ७१ हजार २२ रहेकाे छ भने संक्रमितको सङ्ख्या ९० लाख ६७ हजार ३५७ रहेकाे छ । ४८ लाख ५० हजार ४२५ जनाले स्वास्थ्य लाभ गरेका छन ।