अभियन्ता : अनिमेष “नीलम कुमार पाैड्याल

everest kitchen

लघुकथा:अभियन्ता

अनिमेष”नीलम कुमार पाैड्याल ,

 

छुवाछुत विरोधी अभियानका एक अभियन्ता खड्कप्रसाद दलित सामाजिक संजालबाट समेत सम्मानित समाजसेवी हुन् । उनी जातीय भेदभाव , छुवाछुत र अन्याय अत्याचारको विरुद्धमा बोलेर थाक्दै थाक्दैनन् । “परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ । ” भाषण गर्दा उनको यो भनाइ थेगो नै भैसकेको छ । एकदिन उनको घरमा एकजना पाहुनाको आगमन हुन्छ ।

नोकर :”मालिक , घरमा बाहिर पाहुना आउनु भाछ ।”

मालिक :”भित्रै पठाइ देन , म एकछिन काम गर्दै छु ।”

नोकर :”मालिक अलि अप्ठ्यारो हुने हो कि ?मालिक्निलाई पनि यो कुरा मन पर्दैन । के गराैँ?”(झ्यालबाट पाहुनाले नसुन्ने गरेर बोल्छ )

मालिकः “जङ्गिदै ,हैन को हो र त्यो पाहुना ?”

नोकर :”चौपारी सेते दमाई।”

मालिक : “धत् ! बेवकुफ यत्रो बर्ष घरमा बसेर हाम्रो संस्कार कस्तो छ भनेर भुलिसकिस् । बाहिरै उभिन भन् , म आइहाले ।”

बाग्लुङ