मलेसियाको एउटै कम्पनीमा १ सय ६३ जना नेपालीमा कोरोना, अधिकांश निको

everest kitchen


मलेसिया । यहाँ स्थित नेगरि सेम्बिलानमा एउटै कम्पनिमा कार्यरत १ सय ६३ जना नेपालीमा काेराेना संक्रमण देखिएकाे मध्येमा अधिकांश नेपाली निकाे भएका छन् ।

चिकन पेडास नामक कम्पनिमा कार्यरत कामदारहरू मध्येमा ३ सय ६४ जनामा काेराेना संक्रमण भएकाे मध्येमा १४ जना मलेसियन, १ सय ६३ जना नेपाली, बंगलादेशि ६७, मयानमार ३५, ईन्डाेनेसिया ३१, ईन्डियन ४, भियतनाम १ र कम्वाेडियन १ जना रहेका छन् ।
जम्मा बिरामि मध्येमा २५२ जना निकाे भईसकेका छन् भने ६४ जना अझै उपचार गरिरहेका छन् ।

उक्त कम्पनिमा मलेसियन कामदारबाट अन्य कामदारमा काेराेना सरेकाे स्थानिय पत्रिका द स्टारले लेखेकाे छ ।