कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किए

everest kitchen


काठमाडौं । कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किएका छन । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान उनीहरू स्वदेश फर्केका हुन ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु १ गर्भवती सहित ६१ महिला र ८४ पुरुष नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको दोस्रो उडानबाट स्वदेश फर्केको नेपाली राजदुतावास कतारले जनाएको छ ।

उनीहरू हिमालय एयरलाइन्सको एचआईएम ५६३२ को उडानबाट स्वदेश फर्केका हुन । नेपालीहरु स्वदेश फर्कदा बिदाई गर्न राजदूतावासका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।