बझाङको एक क्वारेन्टाइनमा रहेका युवाद्धारा आत्महत्या

everest kitchen
सांकेतिक तस्बिर

बझाङ । क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन्। छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका ३० वर्षीया युवाले आत्महत्या गरेका हुन ।

क्वारेन्टाइन रहेकै वडाका स्थानीय ती युवक केहि दिन अघि मात्रै भारतको बैङ्गलोरबाट आएर क्वारेन्टाइनमा बसेका उनले आइतबार राति झुन्डिएर आत्महत्या गरेकाे वडा नम्बर ७ का अध्यक्ष पदम मण्डलले जानकारी दिए।

३ देखि अघिदेखि क्वारेन्टाइनमा बसेका उनलेे अचानक आइतबार राति झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको वडाध्यक्ष मण्डलले बताए ।

उनको पीसीआर परिक्षणको लागि स्वाब संकलन भैसकेको र रिपोर्ट आउन बाँकी रहेको बताएको छ । उनले आत्महत्या केकति कारणले गरे भन्ने बारे खुल्न सकेको छैन ।