आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु नियन्त्रणमा

everest kitchen
सांकेतिक तस्बिर

ललितपुर । आफ्नै १७ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने ४० वर्षीया बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि बिभिन्न डर त्रासमा पारी पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।