मलेसियामा आज नयाँ बिरामी ३ जनामात्र, मृत्यु पनि शुन्य

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार १८६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका छन । ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ७४ हजार ७९९ रहेकाे छ भने संक्रमितको सङ्ख्या ९२ लाख १० हजार २ रहेकाे छ । ४९ लाख ५७ हजार २४ जनाले स्वास्थ्य लाभ गरेका छन ।