गाईफममा आगलागी हुदा करिब ५ लाखको क्षति

everest kitchen
foto file

काठमाडौं । भक्तपुर स्थित एक गाइ फममा बुधबार राति पौने १२ बजे आगलागी हुदा ३ गाई र १ बाच्छाकाे मृत्यु भएको छ ।

भक्तपुरकाे सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ३० वर्षीया पार्वती थापाको गोठमा आगलागी हुँदा ३ गाई र १ बाच्छा मरेका महानगरीय प्रहरी वृत्त, जगातीले जानकारी दिएको छ ।

गाईहरुलाइ कुडो पकाउने क्रममा चुल्होबाट आगो सल्किएपछि जस्ताले बारेको एक तले कच्ची गोठमा आगलागी भएको हो। आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको बताएको छ ।