कोरोना : मलेसियामा बिहिवार ४ जना मात्र नयाँ बिरामि, ४० जना निकाे भए

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६०० जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार २७१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजमात्रै ४० जनाले स्वास्थ्य लाभ गरेका हुन ।

हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ८५ हजार ४०८ रहेकाे छ भने संक्रमितको सङ्ख्या ९५ लाख ४८ हजार ८०८रहेकाे छ । ५१ लाख ९० हजार ५०९ जनाले स्वास्थ्य लाभ गरेका छन ।