ललितपुर र पोखरामा गरि दुईजनाको मृत्यु, उपत्यकामा थप ९ जना संक्रमित

everest kitchen

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमण कारण दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।

उपत्यकामा आज देखिएका थप ९ जना संक्रमितमध्ये ४ जना भक्तपुर , ४ जना काठमाडौं र १ जना लिलितपुरका रहेका छन ।