विप्लव समुहको सुनसरी ईन्चार्ज बताउने राई पेस्तोलसहित पक्राउ

everest kitchen

सुनसरी । धरानबाट प्रहरीले हतियारसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) विप्लव चन्द समूहका सुनसरी इन्चार्ज बताउने रोशन राई पक्राउ परेका छन ।

धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भइ धरान–१५ बझगरामा बस्दै आएका २७ वर्षीय रोशन राईलाई
राईलाई प्रहरीले बधुबार राति पक्राउ गरेको हाे ।

राईले प्रयोग गरेको मोटरसाइकल फेला परेपछि डिकि खोलेर हेर्दा अंग्रेजीमा ‘वन्ली फर पब्लिक सप्लाई’ लेखेको अमेरिकामा बनेको पेस्तोल र तीन राउण्ड गोली लोड गरेको अवस्थामा , सोको म्यागजिन एकथान, दुई थान मोबाइल र ६ थान सिम मोटरसाइकलसहित बरामद भएको प्रहरीले जनाएको छ ।

राईले चन्द समूहकाे सुनसरी इन्चार्ज बताउने गरेको बताएको छ ।