बिहिवार १ हजार ३ सय नेपाली स्वदेश फर्किए शुक्रबार पनि विभिन्न देशबाट फर्कदै

everest kitchen


काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन १५ अन्तर्राष्ट्रिय उडानमा १३ सय नेपाली स्वदेश फर्किएका छन्।

बिहिवार विभिन्न मुलुकबाट चार्टर उडानमार्फत नेपालीहरु स्वदेश फर्केका हुन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ। यस्तै जजीरा एयरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ।

साथै कतार एयरवेजले दोहाबाट १४७ यात्रु, फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको र सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाइएको छ।

आज शुक्रबार पनि दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्न लगायतबाट चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।