गाँजासहित वडाअध्यक्ष पक्राउ

everest kitchen
photo file

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । उनी ८६ किलो गाँजासहित पक्राउ परेका हुन ।

उनले घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान उनल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाईपक्राउ गरेकाे थियो ।