दाङमा कोरोना संक्रमणको कारण मृत्यु भएकी महिलाको पहिचान खुल्न सकेन

everest kitchen
photo :file

काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको छ ।

दाङको घोराही नजिकै प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको ती अन्दाजी २५-३० बर्षको विरामी महिलालाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

मृत्युपछि उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन ।

उनका अनुसार ती महिलाको घरपरिवारको पहिचान हुन नसकेको र परिवारको खोजी कार्य जारी रहेको बताए ।