नेकपा स्थायी समिति बैठक सकियो अर्को बैठक शनिबार बस्ने

everest kitchen


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको शुक्रबारको बैठक सकिएको छ। अर्को बैठक शनिबार बिहान बस्ने गरि बैठक सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भारतसँगको सीमा विवादबारे समिति सदस्यहरूले धारणा राखेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए। तीमध्ये परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल गरिरहेको भए पनि भारतले सकरात्मक तत्परता नदेखाएको बताएका थिए ।

बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका थिएनन् । बैठकलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका थिए ।