घास काट्ने महिलाको सुन लुटेर भागेका दुईजना पक्राउ http://himaltimes.com/2020/06/6228/

everest kitchen
file photo

भक्तपुर । चाँगुनारायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया  पार्वती गुरुङको  सुनको रीङ चोरी गरेर भागेका  २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्नेहरु सिन्धुपाल्चोक बन्जेमाने-३ घर भएका ३१ वर्षीय बिशाल तामाङ र सिन्धुपाल्चोक चौतारा नगरपालिका-२ स्याउले घर भएका ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।

शुक्रबार दिउँसो साढे १ बजे  गुरूङ स्थानीय  चिहानडाँडा जंगलमा घाँस काट्न गएको अवस्थामा उनीहरुले कानमा लगाएको सुनको रीङ तानी जंगल तिर भागेका थिए ।

गुरुङको सुन चोरी भएको खबर प्रहरीलाई खबर भएपछि महानगरीय प्रहरी प्रभाग साँखु, महानगरीय प्रहरी प्रभाग चाँगुनारायण र स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा काठमाडौं शंखरापुर नगरपालिका-६ सलम्बुटारमा सुनको रीङ २ थान र खुकुरी सहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गुरुङको सुन तान्दा कानको लोती समेत च्यात्तिएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।